सहरी क्षेत्रका विद्यालय दशैँपछि खोल्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव « Khabarhub

सहरी क्षेत्रका विद्यालय दशैँपछि खोल्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रका विद्यालय दशैँपछि मात्र खोल्ने प्रस्ताव गरेको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र अभिभाव महासंघ सहितको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उक्त प्रस्ताव गरेका हुन् ।

दशैँ आउन धेरै दिन बाँकी नरहेकोले अहिलेदेखि विद्यालय खोल्न सक्ने बातावरण निर्माण गर्ने र दशैँ लगत्तै विद्यालय खोल्न प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको सीसीएमसीका प्रमुख बालानन्द शर्माले बताए ।

स्मार्ट लकडाउन कार्यविधि अनुसार विद्यालय खोल्ने किन नखोल्ने भन्ने विषयको निर्णय गर्ने अधिकार स्थानीय तहलाई भएकाले काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रमुख, मेयर तथा उपमेयरहरुले छलफल गरेर निर्णय गर्ने उनले बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयमा बिहीबार बैठक बोलाइएको छ ।

उनले भने, ‘विद्यालय सञ्चालन गरेपछि कोरोनाबाट बच्ने न्यूनतम मापदण्ड पुरा गर्नुपर्छ तर हाम्रा विद्यालयहरु कोरोनामैत्री छैनन् र हामीले कोरोना आउँछ भनेर पनि कक्षा कोठा निर्माण गरेका होइनौँ ।’

उनका अनुसार कोरोनाको स्वास्थ्य मापदण्ड अनुसार सामान्य अवस्थामा ४० जना विद्यार्थी राख्ने कक्षा कोठमा अब १० जना राख्नुपर्छ ।

काठमाडौँमा अहिले पनि कुनै स्थानीय तह रेड जोन र कुनै गाढा पहेँलो रहेकाले तत्काल विद्यालय सञ्चालन नगरौँ भन्ने धेरैको धारणा रहेको उनले बताए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले ‘स्मार्ट लकडाउन कार्यविधि’ र ‘विद्यालय सञ्चालन कार्यविधि २०७७’ अनुसार विद्यालय खोल्नुपर्ने धारणा आफुहरुले राखेको बताए ।

उनले भने, ‘विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई भएकाले उनीहरुले आफुअनुकल विद्यालय सञ्चालन गर्न सक्छन् ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केही दिनका लागि विद्यालय खोल्न नहुने बताए ।

धेरै विद्यार्थीहरु अहिले पनि गाउँमै रहेको र दशैँमा पनि धेरै विद्यार्थी र उनीहरुका अभिभाव गाउँ जाने भएकाले दशैँपछि विद्यालय खोल्नु उत्तम रहने उनको भनाइ छ ।

अझै पनि सहरी क्षेत्रमा कोरोना संक्रणको जोखिम हटि नसकेकाले दशैँसम्म कोरोनाको अवस्थालाई हेर्नुपर्ने उनले बताए । जनस्वास्थ्य विज्ञको सल्लाह र स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ३३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक