स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा गर्भवती सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो ।

चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द छ । बर्थिङ सेन्टर बन्द भएपछि प्रसूति गराउने सबै आमाहरूलाई सदरमुकाम फिदिम पुग्नुपर्ने अवस्था छ । ‘गाउँको बर्थिङ सेन्टर बन्द हुँदा प्रसूति गराउन फिदिम पुर्याउनुपर्ने अवस्थाले आफूहरु मारमा परेका छौँ’, स्थानीयवासी तिलक तुम्रोकले भने ।

‘गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रवन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ’, तुम्रोकले भने, ‘यसले आर्थिक अवस्था कमजोर स्थानीयवासीलाई समस्यामा पारेको छ ।’

स्थानीयवासीले बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको भन्दै विरोध जनाएका छन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोकका अनुसार स्वास्थ्य चौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रवन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन छ ।

‘स्वास्थ्य चौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रुपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौँ’, तुम्रोकले भने, ‘तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।’

बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मीसमेत आवासको समस्या देखेर दुई साता नबित्दै काज सरुवा गरी गएको तुम्रोकले बताए । फिदिम–६ का वडाध्यक्ष जरमान तुम्रोकका अनुसार ‘वान हर्ट’ नामक संस्थाको सहयोगमा चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिएको थियो । तर, जनशक्ति अभाव हुँदा बर्थिङ सेन्टरबाट भनेजस्तो सेवा प्रवाह हुन नसकेको तुम्रोकको भनाइ छ ।

‘दरबन्दीअनुसारका जनशक्ति पठाइदिन फिदिम नगरपालिकालाई भन्दै आएको छु”, वडाध्यक्ष तुम्रोकले भने, “अस्ति विज्ञापन पनि भइसकेको छ । नगरपालिकाले परीक्षा गराएर पठाउने भनेको छ । त्यसपछि समस्या समाधान होला ।’

सिवा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेण्ट ओमप्रकाश यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्यकर्मी २४सै घण्टा काममा खटिनुपर्छ । स्वास्थ्य चौकी वा नजिकै आवासको ब्यवस्था नहुँदा रातको समयमा स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् ।

उक्त स्वास्थ्य चौकीमा एसडीए तालिम प्राप्त एकजना अनमी र एकजना अहेब पद रिक्त छ । एसडीए तालिम प्राप्त एक जना अनमी यहाँ कार्यरत रहे पनि प्रसूति सेवा पुनः सञ्चालनमा ल्याएपछि उनी एक्लैले सेवालाई निरन्तरता दिन नसक्ने यादवले बताए ।

उनका अनुसार फिदिम नगरपालिका–६ सिवामा मासिक करिब १४ जना आमाहरू सुत्केरी हुने गरेका छन् । उनीहरू सबै सदरमुकाम फिदिम पुगेर प्रसूति सेवा लिन बाध्य छन् । न्यूज कारखाना

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ४५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले