साबधान ! मन्द विष समान हुन्छन् यी खानेकुरा  « Khabarhub

साबधान ! मन्द विष समान हुन्छन् यी खानेकुरा 


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि कुराको सीमित खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । चाहिने भन्दा बढि कुनै पनि कुरा सेवन गरे  हानी गर्दछ । तर मानिसको स्वाद माथिको नियन्त्रण गुम्दा जे पनि मनलागी खाने गर्दछन् । जसका कारण विभिन्न रोगको शिकार बन्न पुग्दछन् ।

धेरैलाई थाहा छ, बढि मात्राको नुन वा चिनीको सेवनले रोग लाग्दछ । तर पनि मानिस यसको लतबाट टाढिन सकेका छैनन् । जसका कारण अत्यधिक मात्रामा यि चिज खादाँ थुप्रै रोग निम्तिने खतरा हुन्छ । नुन र चीनी मात्र होइन अन्य केहि यस्ता कुरा छन् जसलाई मन्द विष भनिन्छ । के के हुन् ति खानेकुरा ?

– नुन

नुनमा सोडियमको मात्रा अत्यधिक हुन्छ । जसले उच्च रक्तचाप, क्यान्सर, हृदयघातसम्मको जोखिम निम्त्याउने गर्दछ ।

– चीनी

चीनीको अत्यधिक सेवनले कलेजोमा ग्लाइकोजनको मात्रा कम गर्दछ । धेरै चीनी खाँदा मोटोपना, थकान, माइग्रेन, दम र छाला चाउरी पर्ने समस्या हुने गर्दछ ।

– मैदा

मैदामा अलिकति पनि फाइबर हुँदैन । त्यसैले मैदाजन्य खाना खाँदा अपचको समस्या हुन्छ । यस अलावा यसमा पाइने ब्लिचिङ एजेन्टका कारण मुटुको समस्या हुने गर्दछ ।

– पेय पदार्थ

बजारमा पाइने बिभिन्न प्रकारका पेय पदार्थमा चीनी र फोस्फोरिक एसिड हुन्छ । धेरै पेय पदार्थ पिउँदा मुटुमा समस्या हुने गर्दछ र स्मरणशक्ति क्षिण हुने गर्दछ ।
– फास्टफुड

यसमा हुने मोनोसोडियम ग्लूटामेटले मोटोपना तीब्र रुपमा बढ्ने गर्दछ । साथै यसको बढि सेवनले मुटु रोग, अल्जाइमरको सम्भावना समेत बढ्ने गर्दछ ।

– टुसा उम्रेको आलु

टुसा उम्रेको आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ । यसले झाडापखाला, टाउको दुख्ने वा माइग्रेनको सम्भावना बढाउने गर्दछ ।

– च्याउ

काँचो च्याउमा कार्सिनोजेनिक कम्पाउन्ड हुन्छ । जसले क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले च्याउलाई उमालेर खानु पर्दछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ११ बजे

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ