लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा 'भारी वर्षा'को सम्भावना, काठमाडौँमा दिनभर बदली | Khabarhub Khabarhub

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ‘भारी वर्षा’को सम्भावना, काठमाडौँमा दिनभर बदली


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
२०७८ भाद्र ३१ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन १ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन २ गते (शनिबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ०१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका मन्त्रालयगत शीर्षकमा सम्बन्धित मन्त्रीले जवाफ दिने 

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

यी भूभागमा सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा

काठमाडौं – सुरक्षा परिषद बैठकमा इरान र यजरायलले आफ्नो धारणा

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट

लिड्स – भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता