‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाको प्रगति’ विषयक पाक्षिक कार्यक्रम शुरु (फोटोफिचर) « Khabarhub

‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाको प्रगति’ विषयक पाक्षिक कार्यक्रम शुरु (फोटोफिचर)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भातरीय दूतावासले “आजादीका अमृत महोत्सव” कार्यक्रमको  शुरुवात गरेको छ । पाक्षिक रुपमा मनाउन लागिएको  ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै मंगलबारबाट शुरु भएको हो ।

यसलाई भारतमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । वेबिनारको उद्घाटन कार्यक्रममा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । यसैगरी वेबिनारमा हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रासँगै त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सहभागिता रहेको थियो ।

वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे ।

सोही अवसरमा भारतीइ गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

 

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ४ : २९ बजे

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर