निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी | Khabarhub Khabarhub

निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीको पैसा नतिरेको भन्दै उजुरी परेको छ ।

निर्माण सामग्री बेच्ने दुईजना स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको आठ लाख बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् । उजुरी दिनेमा सुर्नया–२ का गणेश विष्ट र नरेन्द्र विष्ट छन् ।

गणेशको चार लाख ८३ हजार र नरेन्द्रको चार लाख दुई हजार रकम विद्यालयले नतिरेको उजुरीमा उल्लेख छ । ‘हामीले बिक्री गरेको सामानको पैसा नपाएकाले हाम्रो पुँजी रोकिँदा व्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठी लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठी लेख्यो । तर स्कुलले कुनै मतलव गरेको छैन,’ गणेशले भने ।

विद्यालयको भवन गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गरी उधारो रकम तिर्नुपर्नेमा नतिरेको भन्दै विष्टद्वयले उजुरी गरेका हुन् ।

विद्यालयमा निर्माण भएको उक्त दुई तले मल्टीपल भवन निर्माणका लागि आएको रकम अपुग भएकाले उधारो रकम तिर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य डम्बरसिंह विष्टले बताए । ‘विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र विष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर मलाई आर्थिक अधिकार दिइएन । काम गर्दा स्टिमेटभन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागि प्राप्त भएको पैसा नपुग्दा व्यापारीहरूको पैसा तिर्न सकिएन । अझै पनि स्रोत जुटाएर तिर्छौ,’ उनले भने ।

भवन निर्माणका लागि सुर्नया गाउँपालिकाबाट ३६ लाख रकम प्राप्त भएको, तर भवनको जम्मा लागत ४८ लाख पुगेकाले व्यापारीको पैसा तिर्न समस्या भएको डम्बरसिंह विष्टल बताए । तर स्टिमेटभन्दा १२ लाख खर्च कसरी भयो भन्दै स्थानीयले विरोध जनाएका छन् ।

लागत स्टिमेटभन्दा बढी रकम खर्च भए पनि काम अधुरो रहेकाले काम सम्पन्न गरेपछि स्रोत जुटाएर उधारो रकम तिर्ने विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । मल्टिपल भवन बनाउन विद्यालय व्यवस्थापन समितिले सदस्य विष्ट र प्रधानाध्यापक राजेन्द्र विष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर प्रधानाध्यापक विष्टले भने आफूले जिम्मेवारी लिन नसक्ने भनी व्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लीला विष्टले गाउँपालिकाबाट स्रोत जुटाएर भए पनि उधारो रकम तिर्ने बताइन् । न्यूज कारखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : १६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा