प्रभु साहले भने : यो व्यवस्था असफल भइसक्यो « Khabarhub

प्रभु साहले भने : यो व्यवस्था असफल भइसक्यो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहीबार लहानमा आयोजित आईटी आर्मीको सिरहा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताएका छन्।

उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधान संविधानमा राखेर देशलाई बन्धक बनाएको बताए । असफल व्यवस्थाकै नतिजा स्वरूप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढेको उनको तर्क छ ।

नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्था संविधानमा समेटेर दलहरूले आफ्नो निहित स्वार्थ पूरा मात्र गरेको उनको आरोप छ । यसले देशलाई ठूलो क्षति पुगेको उनले बताए । ठूलठूला देशहरूमा ५०र६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौँ सरकार जन्माइएको टिप्पणी गरे ।

उनले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्र रहेको, अरू देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्था नेपालमा मात्र रहेकाले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

पूर्वमन्त्री साहले संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलो नगर्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए । त्यति बेलादेखि नै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न आग्रह गरेका थिए । भेलाबाट दीपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : २८ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही