सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन आग्रह गरेका हुन् । उनले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन शीर्ष नेताहरुलाई अनुरोध गरेका छन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका डा भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन् ।

उनले जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टी र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : १९ बजे

बालेनले भने- ‘हत्याराको राजीनामा आयो, अब संयमित हुनुस्’

काठमाडौं– काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले युवा आन्दोलनकारीलाई संयमित हुन

मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी

काठमाडौँ – प्रदर्शनकारीहरूले मधेशको शिक्षा तथा संस्कृति मन्त्रालय र भौतिक

‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’

काठमाडौँ – मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको

बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको