सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय « Khabarhub

सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ ।

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्-

क) कागती

हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

ख) सुन्तला वा पुदिनाको जुस

सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।

ग) पत्रिका

धेरैलाई थाहा नहोला, तर पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।

घ) कफीको बियाँ

कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।

ङ) खाने सोडा

धेरैले फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दछन् । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : १९ बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका