ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच सहुलियतपूर्ण कर्जा तथा वित्तीय साक्षरता एव्म उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी भएको छ ।

बैंक र संस्थाबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जाका साथै तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा बैदेशिक रोजगारीबाट फर्केका युवाहरू, बैदेशिक रोजगारीमा रहेका श्रमिकहरुहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरुहरूको सूची बनाउनेछ ।

संस्थानले छनौट गरेका व्यक्तिहरुहरूलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरिी सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरन्ञ्जिीवी बरालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकवैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढिी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ०९ बजे

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की – आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर

नेपालले दियो थाइल्याण्डलाई १०२ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’

गलकोट– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट

महानगर र अतिक्रमणकारीको जुधाइ, गरिखानेको मिचाइ !

काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय