८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन « Khabarhub

८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा-४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।

देब्रे गालामा ठूलो कालो कोठी भएको करिब पाँच फिट चार इन्च उचाइ भएका वृद्ध हालसम्म फेला नपरेको आफन्तले बताएका छन् ।

हेर्दा सामान्य र विरामी जस्तो नदेखिने वृद्ध अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घरपरिवारको सदस्यसमेत नचिन्ने अवस्थामा छन् ।

राईले यदाकदा साइला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ३५ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका