८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन | Khabarhub Khabarhub

८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा-४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।

देब्रे गालामा ठूलो कालो कोठी भएको करिब पाँच फिट चार इन्च उचाइ भएका वृद्ध हालसम्म फेला नपरेको आफन्तले बताएका छन् ।

हेर्दा सामान्य र विरामी जस्तो नदेखिने वृद्ध अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घरपरिवारको सदस्यसमेत नचिन्ने अवस्थामा छन् ।

राईले यदाकदा साइला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ३५ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार