संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि « Khabarhub

संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी थालेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।

२३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ ।

यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए । तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी) को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

सभामुखको पहलबाट प्रतिपक्षीसँग सम्वाद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका हुन । देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुन: बालकोट पठाएका हुन् ।

संसद अधिवेशन आह्वान हुनुअघि पनि देउवाले कार्कीलाई बालकोट पठाएर प्रतिपक्षीसँग सहयोग गर्न आग्रह गरेका थिए । बिहीबार फेरि कानुनमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्री कार्कीले बालकोट पुगेर बिहीबार राति अध्यक्ष ओलीसँग भेटेको जानकारी दिए ।

भेटमा सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरेका थिए । ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका छन् ।

एमालेको अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरिसकेको छ । विधेयकलाई अगाडि बढाउन ४ असोजमा संसद बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ५१ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी