खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा | Khabarhub Khabarhub

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए । राष्ट्रिय राजनीतिबारे पनि छलफल चल्ने उनको भनाइ छ । ‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भएको छ । यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने ।

राज्यसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको बिषयमा पनि केन्द्रीय समितिले छलफल गर्ने जनाइएको छ । ‘राज्यले इमान्दारीतापूर्वक तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन । ढिलासुस्ती भइरहेको छ । हामीले ईमान्दारीता पूर्वक कार्यन्वयन गरिरहेका छौं । हामी प्रतिबद्ध पनि छौं । सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौं,’ पुनले भने । पार्टीको आन्तरिक कमिटीलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न बैठकले तय गर्ने उनको भनाइ छ ।

बैठक सकेपछि पत्रकार सम्मलेन गरेर निर्णय सार्वजनिक हुने उनले बताए । बन्दीपुरस्थित माउण्टेन रिसोर्टको हलमा सुरु केन्द्रीय समितिको बैठक ५ असोजसम्म जारी रहने पार्टीले जनाएको ।

तीन बुँदे सहमतिपछि २१ फागुन २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । दुई बर्षदेखि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषद् बैठकले फुकुवा गरेपछि विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा फर्किएको हो । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : ३० बजे

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ