लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गयो–नेता केसी « Khabarhub

लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गयो–नेता केसी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्न लागि परेको आरोप लगाए ।

राज्यका सम्पुर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती जनाए । उनल मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताए ।

नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता जनाए । संविधानको मुल मान्यतालाई पालना गराउन सरकार प्रतिवद्ध रहेको भन्दै उनले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ६ : ०४ बजे

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा