२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित

मृतक र संक्रमित थपिने दर सबैभन्दा धेरै अमेरिकामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजार ३१६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा ३५ हजार ३६७, ब्राजिलमा ३३ हजार ५१९, र बेलायतमा ३२ हजार ६५१ जना संक्रमित फेला परेका छन् ।

यही अवधिमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा धेरै छ । जहाँ एक हजार ९२० जना रहेका छन् । त्यसैगरी, ब्राजिलमा ४६७, भारतमा २८५, बेलायतमा १७८ जना छन् ।

यससँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४६ लाख ९२ हजार नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या २२ करोड ८३ लाख ६७ हजार पुगेको छ । यीमध्ये २० करोड ४९ लाख ३० हजार निको भइसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ५७ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले