चितवनमा हत्या आरोपितलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते | Khabarhub Khabarhub

चितवनमा हत्या आरोपितलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका-९ शीतलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।

लामाको हत्या आरोपित छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए ।

शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए । हत्या आरोपीलाई नियन्त्रणमा लिनेक्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नुपरेको उनको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । शुक्रबार राति नै आरोपी मल्ल र लामा शवलाई भरतपुर ल्याइएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : १८ बजे

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका

नख्खु जेलबाट निस्किए संजय टकला

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले