प्रयोगविहिन बने जुम्लाका खानेपानी ट्यांकी « Khabarhub

प्रयोगविहिन बने जुम्लाका खानेपानी ट्यांकी


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् ।

गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ, तर प्रयोगमा छैन । ट्यांकी निर्माण गर्न १५ लाख बजेट सकियो । तर गाउँलेका घरमा खानेपानीका धारा भने आएनन् ।

वर्षेनी राज्यको लगानीमा खानेपानीका संरचना बन्ने, तर प्रयोगमा नआउँदा बजेट मात्रै खर्च हुने गरेको स्थानीय गणेश पण्डितले बताए । ‘उपभोक्ता समितिले हचुवाको तालमा बजेट खर्च गरेर संरचना निर्माण गरेका कारण अहिले नागरिकले खानेपानी खान नपाएका हुन् । जुम्ला सदरमुकाम खलंगाको मालाभिड गाउँ एउटा उदाहरण मात्रै हो,’ उनले भने ।

चन्दननाथ नगरपालिकामा १० वटा वडा छ । चार हजार दुई सय ७१ घरधुरीमा २० हजार आठ सय ८४ जनसंख्या छन् । एक हजार ६ सय घरधुरीमा खानेपानीका धारा जडान छन् । नगरपालिकाका १० मध्ये, १, ४, ५, ६ र ७ वडाका केही गाउँमा खानेपानी धारा सञ्चालनमा छन् । अहिले पनि ७०÷८० वटा निवेदन खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा थन्किएर बसेका छन् ।

खलंगामा अहिले तीव्र गतिमा जनसंख्या वृद्धिसँगै बर्षेनि एक सयभन्दा बढी घर निर्माण हुने गरेका छन् । सबै घरधुरीमा खानेपानी पर्याप्त मात्रामा पुर्याउने उद्देश्यका साथ खानेपानीका ट्यांकी निर्माण भए पनि अहिले कतिपय ट्यांकी प्रयोगविहीन अवस्थामा छन् ।

जुम्ला सदरमुकाम खलंगामा खानेपानी संकट उत्पन्न भएपछि तिला नदीको पानी खाने गरेका धर्मराज बोहरा भन्छन्, ‘हामी खानेपानी अभावले भौंतारिएका छौं, नदीबाट सिधै ल्याएर पानी खान बाध्यछौ । तर करोडौँ रकम खर्चेर फिल्टर ट्यांकी बन्दै छ । बर्खाको समयमा पनी बाढी मिसिएको धमिलो पानी खान नपाएका हामी लाई त्यो फिल्टर ट्यांकीले कुनै अर्थ राखेको छैन । ठिन्केस्थित पानी फिल्टर ट्यांकी कहिले बन्ने हो कुनै ठेगान छैन ।’ चार लाख लिटर पानी अट्ने फिल्टर ट्यांकी प्रयोगमा नआउँदै जिर्ण बन्दै गएको छ ।

संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण यस्तो समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ । बजेट अभावको बहाना देखाए पनि फिल्टर ट्यांकी निर्माण भनेर बर्षेनि राज्यको लगानी खेर गइरहेको छ ।

खानेपानी कार्यालय जुम्लाका सवइन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौँ ।’ उनका अनुसार फिल्टर ट्यांकीमा पानी फिल्टर गर्न चाहिने गिट्टी र बालुवा जुम्लामा नपाइने भएकाले दाङबाट ल्याउनुपर्ने हुनाले काममा ढिलासुस्ती भएको छ ।

खलंगा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाले पर्याप्त खानेपानीका लागि ट्यांकीका संरचना बनेको बताए । ‘चार लाख लिटर क्षमताको ट्यांकी बने पनि मूल पाइपलाइनका काम बाँकी छ ।’

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : २७ बजे

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान