पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी « Khabarhub

पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो ।

भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको थियो ।

अहिले पोखरीलाई मौलिक शैलीमा चुन, सुकी, दाची अपा प्रयोग गरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिँदैछ । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि विसं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए । न्यूज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : २७ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र