समृद्ध नेपाल र सुखी नेपालीको नारा जनतालाई ढाँट्न लगाएको होइन–उपप्रधानमन्त्री पोखरेल « Khabarhub

समृद्ध नेपाल र सुखी नेपालीको नारा जनतालाई ढाँट्न लगाएको होइन–उपप्रधानमन्त्री पोखरेल


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसिसकेको बताएका छन् ।

ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून निर्माण गरेर जग बसाउने काम गरेको दाबी गरे ।

“सरकारले अहिलेसम्ममा समृद्धिको जग बसाउने काम गरेको छ । अब समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ”, उनले भने “हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन, जनतालाई सुखी र देशलाई धनी बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन भनिएको हो ।” मन्त्री पोखरेलले जनतासँग गरेका वाचा पूरा गर्न सरकार तयार रहेको बताए । निर्वाचनमा गरेका वाचाअनुसार अघि बढ्न र शिर झुकाएर जनतासँग परीक्षा दिन सरकार तयार रहेको उनको भनाइ ५ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई १ नम्बर बनाउन आफूहरु लागिपरेको दाबी गरे ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ३१ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं