ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँ : मेयर शाक्य « Khabarhub

ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँ : मेयर शाक्य


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने भियानमा लागेको बताएका छन् ।

शनिबार काठमाडौँ महानगर वडा नम्बर २१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले भने, ‘भएका सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ ।’

उनले काठमाडौँ महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्न राख्नका लागि परेको पनि बताए । ‘काठमाडौँ मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने वित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न वर्षेनी लाखौँ काठमाडौँवासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’

उनले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए । उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौँ घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि जानकारी दिए ।

‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ५० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।