तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध « Khabarhub

तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।

समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना सत्ता कब्जा गरेका तालिवानले आफूहरूले महिला र पुरूषलाई भेदभाव नगर्ने बताएका थिए ।

केही समयअघि तालिवानले विश्वविद्यालयमा महिला र पुरूष विद्यार्थीले अलग(अलग पढ्नुपर्ने नियम बसालेका थिए । त्यस्तै, सुरक्षा अवस्थामा सुधार नआउन्जेल कामकाजी महिलालाई घरमै बस्न तालिवानले निर्देशन दिएको थियो ।

पछिल्लो निर्णयसँगै अधिकांश अभिभावक र छात्राहरू तालिवान सरकारसँग झस्किएका छन् । तालिवान महिलाप्रति पहिला जस्तै कठोर बन्न खोजेको धेरैले आशंका गरेका छन् । सन् १९९० को दशकमा सत्तामा हुँदा तालिवानले बालिका र महिलाको अधिकारमा अंकुश लगाएको थियो । अफगान माध्यमिक विद्यालय १३ देखि १८ वर्षको उमेर समूहका विद्यार्थीका लागि लक्षित छन् । छात्र र छात्रा पढ्ने विद्यालय अलग छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ३२ बजे

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता २०८३ जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक