संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह « Khabarhub

संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको अपनत्व र सफल कार्यान्वयनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् ।

संविधान दिवस अवसरमा आज शुभकामना दिँदै उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्ने जिम्मा पनि काङ्ग्रेसकै भएको बताएका हुन् ।

‘सङ्घीयता, समावेशिता धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ ।’

देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान नेपाली काँग्रेसले मात्रै सक्ने उनको दाबी छ । ‘त्यसका लागि सक्षम र सुदृढ काँग्रेस बनाउनुपर्नेछ । दृढ इच्छा शक्ति र दृष्टिकोणसहितको नेतृत्व काँग्रेसलाई आवश्यक छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमार्फत त्यस्तै सक्षम नेतृत्व छान्न पनि म अपील गर्दछु ।’ उनले भनेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : २७ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप