संविधान दिवसलाई थारू समुदायले कालो दिनका रुपमा मनाउने | Khabarhub Khabarhub

संविधान दिवसलाई थारू समुदायले कालो दिनका रुपमा मनाउने


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् ।

संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।

‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।

थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ ।

प्रदेश सरकारले दिप प्रज्वलन गर्ने

सातौँ सविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भिडभाडका कार्यक्रम केही नगर्ने निर्णय गरेकोछ । प्रदेश सरकारले ३ दिनसम्म दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने निर्णय गरेकोछ ।

कोरोना संक्रमणका कारण भिडभाड हुनेगरी सभा सम्मेलन नगर्ने प्रदेश सरकारले निर्णय गरेकोछ । प्रदेशका सबै सरकारी कार्यालय, मन्त्रालयमा २,३ र ४ गते दिप प्रज्वलन गरी ७ ‌औं संविधान दिवस मनाउन लागेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : १६ बजे

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका

नख्खु जेलबाट निस्किए संजय टकला

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न