गाउँगाउँमा जन्मिँदै महिला नेतृत्व « Khabarhub

गाउँगाउँमा जन्मिँदै महिला नेतृत्व


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका–१ कि फूलमाया लिम्बूको चार वर्षअघि चुलोचौकोमै दिनचर्या सिमित हुन्थ्यो । अहिले भने उनको अधिकांश समय नीति नियम बनाउँनमै वित्ने गरेको छ । नेपालको इतिहासमै पहिलो पटक भएको २०७४ को स्थानीय तहको निर्वाचनमा फूलमाया फक्ताङलुङ गाउँपालिको उपध्यक्षमा निर्वाचित भइन् ।

हिजो चुलोचौकोमा सिमित उनको दिनचर्या जनप्रतिनिधि बनेपछि पुरै फेरिएको छ। आफ्नो घर र मेलापातमा सिमित फूलमाया अहिले गाउँपालिकाबासीको सेवामा दिनरात नभनी खटिएकी छिन् ।

‘हिजो आफ्नै घरको काममा सिमित थिँए, जनप्रतिनिधि भएपछि सिंगो गाउँपालिकाबासीको काममा खटिएकी छु’, फूलमायाले भनिन्, ‘नयाँ संविधान आएपछि म जस्ता घरमा सिमित महिलालाई स्थानीय सरकारको नेतृत्व गर्ने अवसर मिलेको छ ।’

घाँस दाउरा, मेलापात र चुलोचौकोमा मात्र सिमित हुने महिलाहरू अहिले जनप्रतिनिधि भएर दिनरात नभनेर पालिकाबासीको सेवामा खटिरहेको मैवाखोला गाउँपालिकाकी उपाध्यक्ष कौशिला थाक्लुङले बताइन् । उनले भनिन्, ‘गाउँघरमा कुन्द्री बुन्ने महिलाहरू अहिले देश विकासको सपना बुन्न थालेका छौँ । संविधानले महिलाको सहभागिता सुनिचित गरेसँगै हामीलाई चुलोचौकोबाट माथि उठाएर देश विकासको सपना बुन्ने अवसर मिलेको हो ।’

संविधानले राज्यका हरेक तहमा महिलाको सहभागिता सुनिश्चित गरेकैले आफूजस्ता चुलोचौकोमा सिमित महिला स्थानीय सरकारको प्रमुख, उपप्रमुख पदमा पदमा निर्वाचित भएको पाथीभरा याङवरक गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङले बताइन् । संविधानले नै स्थानीय सरकार चलाउने जिम्मेवारी आफ्नो काँधमा आएको गुरुङले सुनाइन् ।

‘हिजो घर चलाउने महिलाहरूले आज सरकार चलाउन थालेका छौँ’, गुरुङले भनिन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान भएकाले नै महिलालाई यो अधिकार दिएको हो ।’

निवार्चन आयोगको तथ्याङक अनुसार स्थानीय तहमा १४ हजार ३ सय ५२ जना महिला प्रत्यक्ष निवाचित जनप्रतिनिधिहरू छन् । १७ जना महिला प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित र १ सय ७२ महिला समानुपातिक तर्फबाट छन् । यस्तै प्रतिनिधिसभामा ६ जना महिला प्रत्यक्ष निर्वाचित र ८४ जना समानुपातिकबाट सहभागी छन् । राष्ट्रियसभामा २१ जना महिलाको सहभागिता छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी ३५ हजार ९ सय २४ जना प्रतिनिधि मध्ये १४ हजार ६ सय ५३ जना महिला रहेको निर्वाचन आयोगको तथ्यांक छ । संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान जारी भएको थियो ।

छोरीहरूलाई पैतृक सम्पत्तिमा छोरासरह समान अधिकारको व्यवस्था गरेको यो संविधान हरेक प्रकारले लैङ्गिक शसक्तकरणको पक्षमा दृढ रहेको नेपाल पत्रकार महासंघ निर्वमान उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास)ले बताए । नेपालको संविधान २०७२ ले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : २६ बजे

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता २०८३ जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक