दशैँलाई लक्षित गर्दै सानिमा बैंकको विशेष योजना | Khabarhub Khabarhub

दशैँलाई लक्षित गर्दै सानिमा बैंकको विशेष योजना


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइटमा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम संचालनमा छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ४९ बजे

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

काठमडौं– आजदेखि विश्व खोप सप्ताह सुरु भएको छ । यस्तै,

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज

एमालेले आज युवा महोत्सव गर्दै, एक लाख युवा सहभागि हुने दाबी

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ