कांग्रेसमा क्रियाशील सदस्यता विवाद, ५ गतेको वडा अधिवेशन प्रभावित हुने | Khabarhub Khabarhub

कांग्रेसमा क्रियाशील सदस्यता विवाद, ५ गतेको वडा अधिवेशन प्रभावित हुने


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

वडा अधिवेशन हुन नसकेका २० जिल्लामा स्थानीय तह अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले ५ असोजमा बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ ।

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दुई दिनपछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने बताए ।

‘शनिबार प्राप्त हुने भनेको १३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन । नामावली प्राप्त भएको कम्तिमा पाँच दिन निर्वाचन समितिलाई आवश्यक पर्छ’, यादवले भने, ‘आज सबै क्रियाशील सदस्यताको सूची प्राप्त भए पनि ५ गते वडा अधिवेशन गर्न असम्भव छ ।’ वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने यादवले बताए ।

१३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेपछि ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ । ३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता टुंगिन बाँकी छ । स्थानीय तह अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ । यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते स्थानीय अधिवेशन गर्ने कि नगर्ने भन्नेमा निर्वचन समितिले कुनै निर्णय गरिसकेको छैन ।

सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ । महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने मिति तय गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ५२ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान