मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह « Khabarhub

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

खानी उत्खननअघि स्थानीयको मञ्जुरी अनिवार्य गर्न माग


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल बन्न नदिन तथा स्वदेशी (आदिवासी) समुदायको आत्मनिर्णयको अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्तिले सरकारसँग जोडदार माग गरेको छ । 

संगठनका सहसंयोजक सिएन थारूले एक प्रेस वक्तव्य जारी गर्दै मुस्ताङमा भइरहेका पछिल्ला गतिविधिहरू र प्रस्तावित खानी तथा खनिज विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जारी वक्तव्यमा मुस्ताङ अब केवल हिमाली पर्यटकीय गन्तव्य मात्र नभई अन्तर्राष्ट्रिय शक्ति-प्रतिस्पर्धा, रणनीतिक पूर्वाधार, सीमापार व्यापार, महत्त्वपूर्ण र दुर्लभ खनिज एवं प्राकृतिक स्रोतको संगम बन्दै गएको उल्लेख गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१८ को भ्रमण, हालै यारतोङ पर्वको अवसरमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर र मुस्ताङका पूर्व सांस्कृतिक राजा जिग्मे सिङ्गे पाल्बर विष्टको भेटघाट र त्यसलगत्तै नेपालका प्रधानमन्त्रीको निजी दाबी गरिएको भ्रमणले यस क्षेत्रमा वैदेशिक शक्तिहरूको चासो र प्रतिस्पर्धा बढाएको दाबी गरिएको छ ।

कोरोला नाकालाई चीनमा उत्पादित विद्युतीय सवारीसाधनको मुख्य आयात केन्द्र बनाउनु तथा अमेरिकी दूतावासले छ्योदे गुम्बामा नयाँ मोन्चे एन्तिक संग्रहालय, लो घेकार (घार गुम्बा), जोङ गुम्बा र गोन्पा गङको पुनर्निर्माणमा सक्रियता देखाउनुले व्यापार र सांस्कृतिक संरक्षणको आवरणमा सैन्यकरण बढ्ने खतरा औँल्याइएको छ । 

सन् १९६० मा सीमा क्षेत्रमा चिनियाँ सैनिकहरूद्वारा एक नेपाली अधिकृतको हत्या गरिएको घटना, सन् १९६० देखि १९७४ सम्म चीनविरुद्ध भएको खम्पा विद्रोहमा सीआईएले हतियार उपलब्ध गराएको सन्दर्भ, र सन् १९९९ मा १७औँ कर्मापा मुस्ताङको बाटो हुँदै तिब्बतबाट भागेको ऐतिहासिक घटनाहरूको स्मरण गराउँदै वक्तव्यमा मुस्ताङ फेरि छद्म द्वन्द्वको मञ्च बन्ने चिन्ता व्यक्त गरिएको छ । 

चीन, संयुक्त राज्य अमेरिका र भारतको शक्ति टकरावले नेपाललाई अस्तित्वगत संकटमा धकेल्ने चेतावनी दिँदै यस कार्यमा सरकारले नै सहजीकरण गर्नु राजनीतिक महाभूल भएको ठहर गरिएको छ ।

प्रतिनिधिसभामा भर्खरै दर्ता गरिएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रति पनि राष्ट्रिय मुक्ति क्रान्तिले गम्भीर आपत्ति जनाएको छ ।

युरेनियम, थोरियम र दुर्लभ खनिज तत्त्वहरूलाई ‘रणनीतिक र राष्ट्रिय रूपमा महत्त्वपूर्ण खनिजहरू’ घोषणा गर्दै उत्खननको ‘एकल अधिकार’ संघ सरकारमै निहित रहने गरी गत साउन १४ गते उक्त विधेयक दर्ता गराइएको हो ।

लोमान्थाङको उत्तरमा पुष्टि भएको ३० वर्गकिलोमिटर युरेनियम क्षेत्रलाई ‘उच्च-सुरक्षा अनुसन्धान क्षेत्र’ बनाउने र अमेरिकी नेतृत्वको ‘प्याक्स सिलिका’ को बृहत् आर्थिक सुरक्षा ढाँचा अन्तर्गत विदेशी विज्ञ टोलीमार्फत ३० किलोमिटर क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी उत्खनन अगाडि बढाउने चर्चाले राष्ट्रिय संवेदनशीलता थपेको वक्तव्यमा उल्लेख छ (४, ५)। यो खनिज विकास र सामरिक टकराव इन्डोप्यासिफिक तथा बीआरआईको टकरावको बिन्दु बनेको दाबी गरिएको छ ।

प्रस्तावित विधेयक र सरकारका पछिल्ला कदमहरूले नेपालको संविधान २०१५, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९ ले प्रत्याभूत गरेको भूमि, भू-क्षेत्र तथा स्रोतहरूमाथिको आत्मनिर्णय तथा स्वशासनको अधिकार उल्लङ्घन गरेको वक्तव्यमा उल्लेख छ ।

स्थानीय ल्हो/लोबा राष्ट्रले पुस्तौँदेखि विकास गरेका सामाजिक संस्था, स्वशासन, कृषि-पशुपालन र प्राकृतिक स्रोत व्यवस्थापन प्रणालीलाई वेवास्ता गरिएको आरोप लगाइएको छ । आदिवासी समुदायको भूमि र स्रोतहरूको उपयोग गर्दा उनीहरूसँग अनिवार्य रूपमा ‘स्वतन्त्र, अग्रिम र जानकारीसहितको मञ्जुरी’को प्रक्रिया अवलम्बन गरिनुपर्ने जोडदार माग गरिएको छ ।

यसैगरी, सन् १९९२ देखि माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि नियन्त्रित रूपमा खुला गरिए पनि त्यसको लाभ स्थानीय समुदायले पाउन नसकेको बरु राज्यधारीहरूको लाभ र शक्ति विस्तारमा मात्र योगदान पुगेको बताइएको छ ।

यसले संस्कृतिको वस्तुकरण र दुरुपयोग बढाएको तथा आदिवासीहरू आफ्नै पैतृक भूमिमा केवल सेवाप्रदायक मात्र बन्ने खतरा उत्पन्न भएको चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले सरकारसँग रेडियोधर्मीजस्ता सामरिक र बहुमूल्य खनिजसम्बन्धी नेपालका सबै अध्ययन, सम्झौता, समझदारी, वार्ता र अन्तर्राष्ट्रिय प्रतिबद्धता तत्काल सार्वजनिक गर्न, नेपाल ‘प्याक्स सिलिका’ सँग कुन हैसियतमा सम्बन्धित छ भन्नेबारे सरकारले स्पष्ट पार्न र मुस्ताङमा कुनै पनि रेडियोधर्मी र बहुमूल्य खनिज अध्ययन तथा उत्खननअघि त्यहाँका स्वदेशी राष्ट्रका जनताहरूसँग अनिवार्य रूपमा स्वतन्त्र, अग्रिम र जानकारीसहितको मञ्जुरी गरियोस् भन्ने माग गरेको छ । 

साथै, राष्ट्रिय मुक्ति क्रान्तिले नेपालको संविधान, युएनडिआरआईपी र आइएलओ कन्भेन्सन नम्बर १६९ अनुरूप मुस्ताङको स्वायत्त स्वशासन तथा भूमि, भू–क्षेत्र र स्रोतहरूमा आत्मनिर्णयलाई संस्थागत गर्न, माथिल्लो मुस्ताङको पर्यटन शुल्कलाई त्यहाँको विकास र समग्रमा न्यायोचित आर्थिक लाभ पुग्ने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको छ ।

मुस्ताङलाई महाशक्तिहरूको रणमैदान बन्नबाट जोगाउन र मुलुकको अस्तित्व रक्षाका लागि सम्पूर्ण देशभक्त नेपाली जनतालाई जागरूक हुन समेत वक्तव्य मार्फत अपिल गरिएको छ ।
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ४ : १९ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी