इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट « Khabarhub

इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ ।

समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको जनाइएको छ ।

मेसिनगनलाई रिमोर्ट कन्ट्रोलबाट चल्ने बनाउँदा यसको तौल एक टन पुगेकोसमेत जनाइएको छ । मोसादको टिमले सो मेसिनगनलाई साना साना टुक्रामा तस्कर गरेर इरान लगिएको र इरानमा फेरि एसेम्बल गरिएकोसमेत उल्लेख छ ।

मोहसिन इरानका प्रमुख परमाणु वैज्ञानिक थिए । उनी निकै शक्तिशाली थिए । इरानको सम्पूर्ण परमाणु कार्यक्रम उनको नियन्त्रणमा थियो ।

उनको हत्यापछि इरानले यो हत्यामा इजरेलको हात रहेको त्यतिबेला नै बताएको थियो । तर, इजरेलले भने त्यसलाई स्वीकार पनि गरेन, खण्डन पनि गरेन । उसले इरानलाई परमाणु हतियार सम्पन्न बन्न नदिने बतायो । एजेन्सी

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : १९ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ