इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट « Khabarhub

इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ ।

समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको जनाइएको छ ।

मेसिनगनलाई रिमोर्ट कन्ट्रोलबाट चल्ने बनाउँदा यसको तौल एक टन पुगेकोसमेत जनाइएको छ । मोसादको टिमले सो मेसिनगनलाई साना साना टुक्रामा तस्कर गरेर इरान लगिएको र इरानमा फेरि एसेम्बल गरिएकोसमेत उल्लेख छ ।

मोहसिन इरानका प्रमुख परमाणु वैज्ञानिक थिए । उनी निकै शक्तिशाली थिए । इरानको सम्पूर्ण परमाणु कार्यक्रम उनको नियन्त्रणमा थियो ।

उनको हत्यापछि इरानले यो हत्यामा इजरेलको हात रहेको त्यतिबेला नै बताएको थियो । तर, इजरेलले भने त्यसलाई स्वीकार पनि गरेन, खण्डन पनि गरेन । उसले इरानलाई परमाणु हतियार सम्पन्न बन्न नदिने बतायो । एजेन्सी

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : १९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले