एमाले निकट कर्मचारी संगठनको महाधिवेशन माघ पहिलो साता | Khabarhub Khabarhub

एमाले निकट कर्मचारी संगठनको महाधिवेशन माघ पहिलो साता


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिन आइतबार काठमाडौं पत्रकार सम्मेलन गर्दै संगठनले हालै सम्पन्न भेलाले राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको र अधिवेशनमा सवैलाई एकतावद्ध भएर अघि बढ्ने जनाएको हो ।

संगठनका अध्यक्ष केदार देवकोटाले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह–संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । उनले निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको बताए । कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले दावी गरे ।

उनले सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफुहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ३ : ४२ बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा