लागुऔषधसहित दुई युवा पक्राउ « Khabarhub

लागुऔषधसहित दुई युवा पक्राउ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठूलो मात्राको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

गत ३१ भदौमा इनरुवा- ३ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा जाँच गर्ने क्रममा कुल नौ हजार २५० क्याप्सुल ट्रमाडोलसहित धरान- ७ का ३० वर्षीय सन्तोष लिम्बू र धरान- ८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं. १-०२-०४५प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठूलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीको कोसी गाउँपालिका- ७ सप्तकोसी नदीको किनारको झाडीमा ६० किलो बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ । चारवटा प्लास्टिकका बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ०१ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा