संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक : संविधानविद् | Khabarhub Khabarhub

संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक : संविधानविद्


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याएका छन् ।

संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘संवैधानिक दूरदृष्टि र नेपालको वर्तमान अभ्यास’ विषयक कार्यक्रममा सहभागी वक्ताले जनआन्दोलनको उपलब्धि रक्षा र संविधानलाई दीर्घजीवी तुल्याउन संविधान कार्यान्वयनको समीक्षाको समय भइसकेको धारणा व्यक्त गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, “संविधान कार्यान्वनका सवलामा धेरै समस्या देखियो, अब मूल्याङ्कन गर्नुपर्छ, कहाँ चुकेको छ, कहाँ नमिलेको छ, त्यसलाई सुस्पष्ट गरी संविधानलाई दीर्घजीवी तुल्याउन र सङ्घीयतालगायतका उपलब्धि रक्षा गर्न संविधानको पुनरावलोकन गर्ने समय भइसकेको छ ।”

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन र प्रजातन्त्रलाई व्यापारीकरणमा जान नदिन संविधान कार्यान्वयनको हालसम्मका समग्र प्रगतिको समीक्षा हुन आवश्यक रहेको बताउँदै उनले जनअपेक्षाअनुसार संविधानलाई संशोधन र सुधार नगरिए ठूलो चुनौती सामना गर्नुपर्ने हुनसक्ने बताए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रका लागि ठूलो सङ्घर्ष र योगदान पुर्‍याएका राजनीतिक दलकै नेताबाट समानुपातिक निर्वाचन प्रणालीको व्यापक दुरुपयोग भएकाले हालको छनोट गर्ने व्यवस्थामा सुधारको खाँचो औँल्याइन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा जान नपर्ने विषयलाई प्रवेश गराउने तथा स्थापित मूल्य, मान्यतालाई आत्मसात नगर्ने प्रवृत्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका निर्णय तरङ्गित र आलोचित भएको धारणा व्यक्त गरे । उनले भने, “मुलुकले अहिले संवैधानिक अङ्गका बीचमा न्यायायिक आत्मसंयम खोजेको छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधान जारी गर्ने बेला विभिन्न खाले आशङ्का र प्रश्न उठाइएको भए पनि हालसम्मको सङ्घीयता कार्यान्वय प्रगतिले अवलम्बन गरिएको मार्गचित्रलाई सही पुष्टि गरेको बताए ।

उनले भने, “सविधान कार्यान्वयनको सुखद् नतिजा देखिएको छ, संविधान र सङ्घीयता कार्यान्वयनको आगामी गन्तव्यका लागि संविधान कार्यान्वयनको सकारात्मक समीक्षा र पुनरावलोकनको खाँचो देखियो ।”

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले जनसङ्ख्या कि भूगोलका आधारमा निर्वाचन क्षेत्र भन्नेजस्ता केही विषयमा विवाद भए पनि गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, समावेशीलगायतका हिसाबले संविधान सर्वसम्मतिको दस्तावेज हुन पुगेको विचार राखे । उनले भने, “संशोधनले संविधानलाई दीर्घजीवी बनाउँछ, संसद्, संसदीय समिति र सांसदलाई बलियो तुल्याउन र समयका हिसाबले पनि अब संविधान समीक्षा गर्न योग्य भएको छ, आफ्नो कर्तव्य पूरा नगर्ने तथा संसद्बाट राजनीतिलाई बाहिर लैजान खोज्दा अहिले तमाम समस्या आएको हो ।”

संविधानका जानकार डा विपीन अधिकारीले संविधानको मर्म र भावनाअनुरूप समावेशी, आवधिक निर्वाचन, रूपान्तरण र जवाफदेहीका विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्ने क्रममा भएका राम्रा अभ्यासको संरक्षण गर्दै आवश्यकता खड्किएको प्रश्नलाई स्थान दिन जरुरी रहेको विचार प्रकट गरे ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान र शिलु मानन्धर बज्राचार्यले अदालतबाट भएका पछिल्ला फैसलाले संविधानको संरक्षण, कानूनी राज्य र लोकतन्त्रको स्थायित्वका लागि ऊर्जा प्रदान गरेको धारणा राखे । प्रधानले भने, “मौलिक हक कार्यान्वयनलाई गौणरूपमा हेरिनु लोकतन्त्रका लागि शुभसङ्केत होइन, मुलुकमा विकसित घटनाक्रमले संविधानको पुनरावलोकनको अवस्था देखिएको छ ।”

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : २९ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र