यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा | Khabarhub Khabarhub

यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ ।

संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

कर्तव्य ज्यान मुद्दाका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका (साविक नार गाविस)का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो ।

मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा सङ्कलन गर्ने गरेका थिए । सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा सङ्कलन गर्न पाउने व्यवस्था गरिएको छ । कारागारमा कैद भुक्तानका क्रममा उनीहरुको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ३० बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण