कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार « Khabarhub

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार हुने भएको छ ।

आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।

जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ ।

गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थिए ।

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : २४ बजे

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग