सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी « Khabarhub

सभामुखविरूद्ध ओलीले दायर गरेको रिटमा सुनुवाइ जारी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ ।

माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा जारी छ।

जारी बहसमा अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल,  महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका छन् । अधिवक्ता दाहालले केन्द्रीय सदस्यमा माधव पक्षको बहुमत नपुग्ने भएका कारण वैधानिकता पाउन नमिल्ने तर्क गरेका हुन्।

कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

यसअघि २९ गतेका लागि पेसी तोकिएको पनि हेर्न नभ्याइएको भन्दै सुनुवाइ हुन सकेको थिएन।

एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाए पनि नयाँ दल दर्ता भएपछि मात्रै सभामुखले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेका थिए ।

सोही विषयलाई लिएर एमालेले संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ५५ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन