भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी « Khabarhub

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको छ।

प्रारम्भिक अध्ययनअनुसार हिम–चट्टान पहिरोपछि ठूलो परिमाणमा गेग्रान तथा पानी ल्हेन्दे खोलामा मिसिएर त्यसपछि बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा हिजो भदौ ९ र आज भदौ १० गतेका स्याटेलाइट तस्बिरमा हिम–चट्टान पहिरो तथा त्यसपछि ल्हेन्दे खोलामा आएको बाढीको अवस्था देखाइएको उल्लेख छ।

यसअघि बाढीको कारणबारे हिमपहिरो, हिमताल वा हिमनदीको कुनै भाग फुटेको हुनसक्ने विभिन्न प्रारम्भिक अनुमान सार्वजनिक भएका थिए।

चिनियाँ सरकारी मौसम केन्द्रले भने नेपाल र नेपालको माथिल्लो जलाधार क्षेत्र दक्षिणी तिब्बतमा भएको वर्षालाई उत्तरी नेपालमा आएको आकस्मिक बाढी तथा गेग्रान बहावको मौसमीय कारणका रूपमा औंल्याएको थियो।

तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणलाई आधार बनाएर गरेको प्रारम्भिक अध्ययनले भने सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोलाई ल्हेन्दे खोलाको बाढीसँग जोडेको छ।

यसले रसुवाको बाढीमा वर्षासँगै हिम–चट्टान पहिरो र त्यसबाट उत्पन्न गेग्रान बहावको भूमिका हुनसक्ने देखाएको छ। यद्यपि प्राधिकरणले यसलाई प्रारम्भिक अध्ययन भनेकाले घटनाको विस्तृत भौगोलिक तथा जलवैज्ञानिक अध्ययनपछि मात्रै बाढीको पूर्ण कारण यकिन हुने देखिन्छ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पुगेपछि नदी आसपासका बस्ती तथा बजारमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ६ : २१ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा