डुम्रे-लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध « Khabarhub

डुम्रे-लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्लाको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक–पटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिएका छन् ।

बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उनले बताए। उनकाअनुसार पछिल्लो समय सम्पर्क गर्दा डोजर र टिपर हिँडिसकेको जानकारी पाएकाले केही समयपछि अवरुद्ध सडक खुल्नेछ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : १४ बजे

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत