आईपीएल टी-ट्वान्टी क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो « Khabarhub

आईपीएल टी-ट्वान्टी क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई हराएको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक भएकोमा बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाबको हार टरेन ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए ।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए । यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए ।

जितसँगै राजस्थान ८ खेलमा ८ अंकसहित पाँचौं स्थानमा छ । सातौं पन्जाब ९ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : २५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ