ट्रक ड्राइभरको तलब एक करोड ! « Khabarhub

ट्रक ड्राइभरको तलब एक करोड !


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा ट्रक चालकको तलब कति हुन्छ होला ? बढीमा मासिक ७० हजारसम्म हुन्छ वा अझ बढी भए १ लाखसम्म नै होला । तर विश्वमा यस्ता पनि ट्रक चालक छन् जसको तलब वार्षीक १ करोडभन्दा बढी हुने गर्दछ ।

बेलायतको सुपरमार्केटको ट्रक चलाउने चालकहरुले पाउने तबल सुन्दा जो कोहीलाई पत्याउन ग्राहो हुन्छ । उनीहरुले मासिक पाउने तलब नै यति धेरै हुन्छ कि जो नेपालका ट्रक चालकले वार्षीक रुपमा पनि पाउदैनन् ।

यतिमात्र कहाँ हो र सुपरमार्केटका ट्रक चलाउने ती चालकले पाउने तलब त नेपालका ठूला कम्पनीका प्रमुखले समेत पाउन सक्दैनन् ।

डेलीमेलका अनुसार बेलायतको प्रमुख सुपरमार्केटले सामान डेलिभरी गर्ने ट्रक चालकलाई वार्षीक तलब मात्र ७० हजार पाउण्ड दिन्छ । अझ काममा आबद्ध भए बापत सुरुमै ज्वाइनिङ बोनस भन्दै थप २ हजार पाउण्ड अफर गरिएको हुन्छ । यस्तोमा ती चालकले वार्षीक ७२ हजार पाउण्डसम्म पाउँछन् । अर्थात् मासिक करीब ६ हजार पाउण्ड । जो नेपाली रुपैयाँ अनुसार वार्षीक करिब १ करोड १६ लाखभन्दा बढी हुन्छ भने मासिक करीब १० लाख हुन आउँछ ।

राष्ट्रिय स्तरमा आवश्यकताभन्दा १ लाख चालकहरु कम भएपछि ति सुपरमार्केटले यस्तो आर्कषक पारिश्रमिक दिने गरेका हुन् । यो पेशामा अनुभवीलाई सुपरमार्केटको स्टक कायम राख्नका लागि उनीहरुको सेवाको बदलामा ठूलो मात्रामा पारिश्रमिक वृद्धिको अफर दिइन्छ ।

स्रोत : डेल्ली मेल

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : २५ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र