मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक « Khabarhub

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् ।

आफ्नो समूहबाट मन्त्री नबनाएपछि पौडेल समूह असन्तुष्ट बनेको एक नेताले जानकारी दिए । सोही विषयमा छलफल गर्न पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइरालाको घरमा बैठकका लागि उपस्थित भएका छन् । डा. कोइरालाका स्वकीय सचिब भरत तिवारीले नेताहरु आउनेक्रम जारी रहेको बताए ।

सभापति देउवाले बुधबारै पादाधिकारी बैठकसमेत बोलाएका छन् । बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । सो बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय लिनेछ । सो विषयमा रणनीति बनाउन पनि पौडेल समूहको बैठक बस्न लागेको हो ।

यही असोज ५ गते भित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन नहुँदा यही असोज ९ गते देशभर एकसाथ गर्ने भनिएको स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । सोही विषयमा निर्णय लिन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसमा एकथरीले वडा अधिवेशन भइसकेका जिल्लामा स्थानीय तह अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने अर्कोथरीले सबै जिल्लाको वडा अधिवेशनपछिमात्र स्थानीय तहको अधिवेशन गर्नुपर्ने बताएका छन् । पौडेल समूहमै यो विषयमा दुईथरी धारणा भएकाले यो विषयमा एकमत बनाउन सो समूहको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ०७ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका