दोलखामा ४० वर्षमाथिका सबैलाई खोप | Khabarhub Khabarhub

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ ।

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई खोप उपलब्ध गराइने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यही असोज ४ गते बसेको बैठकले आजदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो । चीनसँग सिमाना जोडिएको जिल्लाको गौरीशङ्कर र विगु गाउँपालिका सबै नागरिहरुलाई चीनले खोप उपलब्ध गराउने भएपछि सहज भएको छ । ती गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइएको छ भने १८ वर्ष पूरा भएका खोप लगाउन बाँकीलाई सरकारी कागजातसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन पालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

कालीञ्चोक र मेलुङ गाउँपालिकामा आजदेखि ८ गतेसम्म, विगु र वैतेश्वर गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र शैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षित वर्गअन्तर्गत १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई समेत खोप लगाइन छुटेका विद्यार्थीहरुलाई उमेर खुल्ने सरकारी कागजसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ । यसअघि प्राप्त खोप लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरु, जनप्रतिनिधि, सरसफाइकर्ता तथा सवारी चालकहरुलाई लगाई सकिएको छ ।

पछिल्लो समय जिल्लाकासङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । जिल्लामा १०१ सक्रिय सङ्क्रमित छन् भने तीन हजार ४६० निको भइसकेको छ । जिल्लामा आठ पुरुष र पाँच महिला गरी १३ को ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ४५ बजे

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६