प्रचण्डले हेरे जनयुद्धको कथामा बनेको वृत्तचित्र ‘भैरवनाथ’ « Khabarhub

प्रचण्डले हेरे जनयुद्धको कथामा बनेको वृत्तचित्र ‘भैरवनाथ’


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धको समयमा आधारित वृत्तचित्र ‘भैरवनाथ’ हेरेका छन् । आइतवार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा उनले उक्त वृत्तचित्र हेरेका हुन् ।

कालीकादेस्कोप प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यो वृत्तचित्रमा तत्कालीन भैरवनाथ गणबाट बेपत्ता भएका ४७ जना नेपालीको कथामा आधारित भएर तयार पारिएको हो ।

नेकपा निकटको विद्यार्थी संगठनले आयोजना गरेको शो मा ‘भैरवनाथ’ हेरिसकेपछि अध्यक्ष प्रचण्डले सत्य घटनामा आधारित वृत्तचित्र भएकाले विषयवस्तुका बारेमा केही भन्नु नपर्ने बताए ।

उनले यो वृत्तचित्रले राजनीतिक परिवर्तनमा हजारौं, लाखौंले कसरी परिवर्तनका लागि त्याग गरे भन्ने देखाउन खोजेको बताए ।

‘यो वृत्तचित्र बनाउने दुर्गा केसी र सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु, छोरोले खेलेको भूमिका मार्मिक छ,’ प्रचण्डले भने, ‘हामी अहिले जसरी अगाडि बढ्दैछौँ, त्यसको पृष्ठभूमि कस्तो थियो भन्ने बुझ्न यो वृत्तचित्रले भूमिका खेल्छ ।’

यो वृत्तचित्र नेकपाका नेता कृष्ण केसी, हिमाल शर्मा र खानेपानी मन्त्री वीना मगर लगायत को जीवनीमा आधारित छ ।

२०६० सालमा राजधानीको महारगञ्जमा रहेको भैरवनाथ गणले १ सय ३७ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका मध्ये ४९ जना अझै बेपत्ता छन्।

राष्ट्रसंघीय निकाय युएनओएचसिआरको रिपोर्टअनुसार भैरवनाथ गणमा बन्दी बनाइएका केहीको सेनाको यातानाकै कारण मृत्यु भएको थियो। माओवादी युद्धका बन्दीहरुलाई गणमा चरम यातना दिइएको थियो। हातको नङमा पिन ठोकिएको थियो र उनीहरुलाई आँखामा पट्टी बाँधेर यातना दिइएको थियो।

२०६० सालमा बिना मगर पक्राउ परेकी थिइन् । नेपाली सेनाले उनलाई भैरवनाथ गणमा राखेको थियो । भैरवनाथ गणमा २०६० सालबाट २७ महिना बिनाले बेपत्ताको रूपमा जीवन व्यतित गरेकी थिइन्।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : ५२ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा