पछिल्लो २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार  « Khabarhub

पछिल्लो २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार 


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख १४ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा गरिएकाे परीक्षणमा १ लाख २४ हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ३१ हजार ९५७, ब्राजिलमा ३६ हजार ४७३, बेलायतमा ३४ हजार ४६० जनामा संक्रमण पुष्टि हुँदा रुसमा १९ हजार ७०६ जना संक्रमितको पहिचान भएको हो ।

यही अवधिमा ९ हजार १०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने पनि अमेरिककै धेरै छन्, जहाँ २ हजार १३२ जना संक्रमितको मृत्यु हुँदा भारतमा २७९, ब्राजिलमा ८३९, बेलायतमा १६६ र रुसमा ८१७ जनाको मृत्यु भएको छ ।

ओल्डोमिटरकाअनुसार हालसम्म कोरोनाकै कारण मृत्यु भएको संख्या ४७ लाख ३१ हजार ५२६ पुगेको छ । कुल संक्रमितको संख्या २३ करोड ८ लाख २८ हजार ३५ पुग्दा २० करोड ७५ लाख, १८ हजार वढी निको भइसकेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : १३ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को