४ लाख २७ हजार रुपैयाँसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ | Khabarhub Khabarhub

४ लाख २७ हजार रुपैयाँसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले झापाको दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा बुधबार १७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय हिमाल देवानको घर कम्पाउन्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला, कमल गाउँपालिकाका सुविन्द्र सुब्बा, मोहन बराल र सुनिल साह रहेका छन् ।

यसैगरी मोरङ ग्रामथान गाउँपालिका लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत, गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनीहरुको साथबाट १६ थान कौडासहित ४ लाख २७ हजार ६ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट  ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : ३१ बजे

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु।