‘माग्ने बुढा’को च्यानलमा ‘उकुसमुकुस’ « Khabarhub

‘माग्ने बुढा’को च्यानलमा ‘उकुसमुकुस’


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को च्यानलमार्फत आमा अग्नीकुमारी मिडिया युट्युब च्यानलबाट हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु भएको छ । सिरियलको पहिलो भाग बुधबार यो च्यानलबाट प्रशारण भएकोे हो ।

सिरियलका निर्माता नहकुल भट्टराईले हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने बताए । दिलिप तामाङ ‘हुरहुर’को निर्देशनमा तयार भएको सिरियल गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ ।

सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राईको छायांकन रहेको सिरियलको पहिलो भागमा टिकटकको सकारात्मक र नकारात्मक पाटोलाई देखाइएको छ ।

सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : १३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज