नर्सहरुको अनसनमा डा केसीको ध्यानाकर्षण, नर्सको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह « Khabarhub

नर्सहरुको अनसनमा डा केसीको ध्यानाकर्षण, नर्सको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसीले शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको मागप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।

केसीले आज ( आइतबार)  एक विज्ञप्ती जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्स जिता बराल र डिक्की शेर्पाको माग सम्बोधन नहुनु ‘लाजमर्दो’ कुरा भएको बताएका छन् ।

‘स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भुमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदनशील नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो,’ डा केसीद्वार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यसै विज्ञप्तिमार्फत तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

डा केसीले हाल कायम चिकित्सा तथा स्वास्थ्य शिक्षाको व्यापारीकरण रोकेर गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवामा उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग समेत गरेका छन् । डा केसीले यसअघि सरकारले आफूसँग गरेको सम्झौता कार्यन्वयनको समेत माग गरेका छन् ।

आफूहरुको जागिरको ग्यारेन्टी हुनुपर्ने र नर्समाथि हुने अन्यायको अन्त्य हुनुपर्ने लगायतको माग राख्दै अंग पत्यरोपण केन्द्रका नर्सहरु लोमो समयदेखि आन्दोलित छन् ।

आफूहरुको माग सुनुवाइ नभएको भन्दै दुईजना नर्सहरु १० दिनअघिदेखि अनसन बसिरहेका छन् । नर्सहरुको माग सम्बोधनका लागि आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अंग प्रत्यारोपण केन्द्रका प्रतिनिधि, आन्दोलनरत नर्स र स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच वार्ता भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ०० बजे

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी