बलिउडका यी ६ सेलिब्रेटी, जो लगाउँछन् सस्ता कपडा « Khabarhub

बलिउडका यी ६ सेलिब्रेटी, जो लगाउँछन् सस्ता कपडा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ग्ल्यामर दुनियाँमा बलिउड स्टार्सको जति चर्चा हुन्छ, त्यति नै चर्चा ड्रेसिङ स्टाइलको पनि हुन्छ । फिल्म क्षेत्रमा केही त्यस्ता कलाकार पनि छन्, जो कपडाको क्वालिटीमा खासै ख्याल गर्दैनन् । कपडाका लागि खासै पैसा खर्च गर्दैनन् ।

फिल्म ‘ग्याङ अफ वासेपुर २’ मा दमदार अभिनय गरेका नवाजुद्दीन सिद्दीकीको जीवन निकै सादा छ । फिल्मदेखि वास्तविक जीवनमा पनि उनी निकै सामान्य देखिन्छन् । उनले फिल्म क्षेत्रमा आउन निकै लामो सङ्घर्ष गरेका छन् । जसलाई उनी भुल्न चाहन्नन् । त्यसैले पनि उनी निकै सरल बन्न रुचाउँछन् ।

यस्तै बलिउडमा दोस्रो नम्बरमा आउने अभिनेता हुन् सनी देओल । यी अभिनेता पनि वास्तविक जीवनमा निकै सरल बनेर हिँड्छन् । कपडामा पनि उनी राम्रो क्वालिटीको हुनुपर्छ भन्ने मान्दैनन् । बरु आरामदायी कपडा लगाउन रुचाउँछन् । उनी पनि सादा जीवन मन पराउने कलाकारमा गनिन्छन् ।

अर्का अभिनेता अक्षय कुमार आफ्नो हरेक फिल्ममा खुबै स्टाइलिस्ट देखिन्छन् तर उनी वास्तविक जीवनमा ब्रान्डेड कपडा लगाउनमा खासै चासो देखाउँदैनन् । उनी प्राय सामान्य कपडामा नै देखिएका हुन्छन् ।

अक्षय कुमारले समयको खुबै ख्याल गर्छन् । उनी धेरै रातिसम्म काम गर्न रुचाउँदैनन् ।

इमारान हाशमीलाई बलिउडमा सिरियल किसर पनि भन्ने गरिन्छ । तर, वास्तविक जीवनमा उनी निकै सरल छन् । उनलाई सामान्य कपडा नै मन पर्छ । सस्तो होस् या महंगो भन्नेसँग उनलाई खासै ख्याल हुँदैन । उनी ब्रान्डेड कपडाका पछि नभाग्ने अभिनेतामा पर्छन् ।

बलिउडका अर्का अभिनेता सुशान्त सिंह राजपूतको स्मार्टपनको पनि उत्तिकै चर्चा हुने गर्छ । उनीमाथि कैयन् युवती पागल भएका छन् । तर, उनी यस्ता कलाकार हुन्, जो जस्तो कपडा किन्न पनि लजाउँदैनन् । उनी त्यस्तै कपडा लगाउँछन्, जुन उनलाई सहज लाग्छ ।

पछिल्लो समय बलिउडमा चम्केका राजकुमार रावको पनि सामान्य जीवन छ । उनी निकै सामान्य खालका कपडा लगाउने गर्छन् । सधै उनी उस्तै स्टाइलमा रहने गर्छन् । फिल्ममा भने उनको भूमिका दमदार हुने गर्छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ०२ बजे

डेब्यू बलमै शेर मल्लले लिए विकेट

काठमाडौं- शेर मल्लले डेब्यू बलमै विकेट लिएका छन् । राष्ट्रिय

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय