ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी « Khabarhub

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए ।

अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल शनिबार हुनेछ ।

नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्। लिगमा यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी तथा टेस्ट राष्ट्र आयरल्याण्डका केभिन ओ ब्रायन, पल स्टरलिंग जस्ता खेलाडीहरु खेलेका थिए।

यो सिजन पनि बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, जिम्बाब्वेका सिकन्दर राजा, रायन बर्ल, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक विलियम्स, चन्द्रपौल हेमराज जस्ता खेलाडीहरु ईपीएल खेल्दैछन्।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना