हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु | Khabarhub Khabarhub

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लागोस- नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन् ।

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन् । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ । (रासस/सिन्ह्वा) 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : ५३ बजे

लक्ष्मणको हातमा टाटु ‘माई हर्ट रुबीकुमारी’, रुबीको ज्यान लिनुअघि भनेका थिए- जेल जान्न, म पनि मर्ने हो

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न

लस एन्जलस- अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको

पूर्वप्रशासकको वर्चस्वले थलिएको अख्तियार

पूर्वसचिवले नेतृत्व गरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे गम्भीर प्रश्न उठिरहेका

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने 

काठमाडौं– ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको

चेसका गोटी चाल्दै प्रचण्ड

 काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाडौंमा बुधबार भक्त