‘द कपिल शर्मा शो’विरुद्ध उजुरी | Khabarhub Khabarhub

‘द कपिल शर्मा शो’विरुद्ध उजुरी


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ । उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् । त्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ ।

उजुरीकर्तावाला वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका थिए ।

‘सोनी टेलिभिजनमा प्रसारण हुने ‘कपिल शर्मा शो’ बकवास हो । शोमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६÷३ धारा अनुसार उजुरी दर्ताको माग गरें’, उजुरीकर्ताले भनेका छन् । उनले शोमा युवतीमाथि भद्धा प्रतिक्रिया दिने आक्षेप लगाएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : २५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा