दिल्लीको अदालतमा गोली चल्यो, ४ जना मारिए | Khabarhub Khabarhub

दिल्लीको अदालतमा गोली चल्यो, ४ जना मारिए


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोगीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना आक्रमणकारीसमेत मारिएका छन् । घटनामा अन्य तीनजना घाइते भएका छन् । यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन् ।

आक्रमणकारीहरु वकीलको भेषमा अदालतमा प्रवेश गरेका थिए । एजेन्सी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ३५ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ